बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • २०२८ को युरोकप आयोजना ५ देशले गर्ने


    हुलाक प्रेस

    • सोमबार, असोज २२ २०८००९:५९
    २०२८ को युरोकप आयोजना ५ देशले गर्ने

    काठमाडौं । सन् २०२८ को यृुरो कप फुटबल इंग्ल्याण्ड र आयरल्याण्डसहितका ५ देशले आयोजना गर्ने भएका छन् । तर युरोपेली फुटबल महासंघ यूईएफएले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

    विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।

    टर्कीले सन् २०३२ को विश्वकप आयोजनाका लागि इटालीसँग मिलेर संयुक्त दाबी गर्ने भन्दै प्रस्ताव फिर्ता गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस