बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दाङमा रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, माघ ८ २०८००८:३३
    दाङमा रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस