बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति


    हुलाक प्रेस

    • सोमबार, माघ ८ २०८००९:३६
    उच्च अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति

    काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ।

    आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। 

    गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।

    आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालकाे लागि नियुक्ति राेकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

    पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।


    प्रतिक्रिया दिनुहोस