काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर सरकारी जागिर खाएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।
सोमबार धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।