काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीहरु आन्दोलित भएका छन् ।
महानगरको निर्णयविरुद्ध व्यपारीहरुले आज सटर बन्द गरेर विरोध गरेका छन् ।
व्यपारीहरुले महानगरको निर्णय गलत भएको र सो निर्णय सच्चाउन वडा कार्यालय पुगेर आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि न्युरोडका कालोपत्रे सडक भएको स्थान धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेधमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको छ ।
यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।
यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ ।