बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली अमेरिकन डलरसहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, माघ ९ २०८००९:०७
    नक्कली अमेरिकन डलरसहित दुई जना पक्राउ

    काठमाडौं । नक्कली अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन्। काठमाडौंको टोखा नगरपालिका–१०  गोंगबु नर्थ क्याफे नजिकबाट दुई जना पक्राउ परेका हुन्। 

    पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–३ का ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ का २९ वर्षीय कमल भट्टराई रहेका छन्। 

    उक्त स्थानमा नक्कली अमेरिकन डलरको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले दुई जनालाई नक्कली डलरसहित पक्राउ गरेको हो। 

    उनीहरुलाई कारोबार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। साथै उनीहरुको साथलबाट नक्कली जस्तो  देखिने अमेरिकन डलरको ५० दरका थान-१७० फेला पारी उनीहरुलाई अदालतबाट ५ दिनको म्यान अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस