बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ८६ वर्षीय नर्वेका राजाद्वारा राजगद्दी त्याग्न अस्वीकार


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००८:५६
    ८६ वर्षीय नर्वेका राजाद्वारा राजगद्दी त्याग्न अस्वीकार

    काठमाडौं । डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मंगलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्‍याएकी छन् ।

    ‘मैले सधैं भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को सपथ लिएको छु र यो जीवनभरका लागि हो’, युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ ।

    आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन्। राजगद्दीमा ३३ वर्षसम्म रहेका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दैछन् । 

    आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्नेछन् भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ । 

    बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसलाई स्तब्ध बनाएकी थिइन् । 

    वैशाखीको सहारामा हिँडडुल गर्ने राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस