बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना घुससहित पक्राउ


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००९:०३
    ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना घुससहित पक्राउ

    ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 

    आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए । 

     


    प्रतिक्रिया दिनुहोस