बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सेक्युरिटी प्रिन्टिङ प्रेस अनियमिततामा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००६:१६
    सेक्युरिटी प्रिन्टिङ प्रेस अनियमिततामा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सेक्युरिट प्रिटिन्ङ प्रकरणमा जोडिएका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

    आयोगको टोलीले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको हो।

    २०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।

    त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै निलम्बनमा छन्।

    मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनका लागि अख्तियारले नियन्त्रणमा लिएको हो।

    बुधबार पक्राउ परेका उनीहरु दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ। शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको  छ।


  • सम्बन्धित विषय:

  • # अख्तियार
  • प्रतिक्रिया दिनुहोस