बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौँमा


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००२:२२
    चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौँमा

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्व शुक्रबार मध्यान्ह काठमाडौं आइपुगेकी छन् । 

    सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी बंगलादेश हुँदै नेपाल आइपुगेको हो । 

    यो टोली मालदिभ्स भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको थियो । बंगलादेश भ्रमणका क्रममा हेयानले बिहीबार त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी थिइन् । ढाका भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रबार मध्यान्ह नेपाल अवतरण गरेको हो । 

    नेपाल भ्रमणमा रहँदा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 


    प्रतिक्रिया दिनुहोस