बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालले आठौं विकेट झार्दा अफगानिस्तानको इनिङस् धरापमा


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००३:५५
    नेपालले आठौं विकेट झार्दा अफगानिस्तानको इनिङस् धरापमा

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं विकेट झार्दा अफगानिस्तानको इनिङस् धरापमा परेको छ।

    नेपाललाई दीपेश कँडेल र तीलक भण्डारीले लगातार सफलता दिलाएका हुन्। दीपेशले २१ औं ओभरको तेस्रो बलमा आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे।

    त्यसअघि आफ्नो पहिलो ओभर बलिङ गर्न आएका तीलक भण्डारीले अफगानिस्तानका लागि आक्रामक ब्याटिङ गरिरहेका अल्ला महमद घजानफरलाई सुवास भण्डारीको हातबाट क्याच आउट गराएका थिए।


    प्रतिक्रिया दिनुहोस