बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विमानस्थलमा प्रहरीले कुटे अध्यागमन कार्यालयका प्रमुख


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००४:२६
    विमानस्थलमा प्रहरीले कुटे अध्यागमन कार्यालयका प्रमुख

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।

    शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।

    त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए । यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ । हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लाग्यो ।

    लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका छन् । यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस