बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुई वटा संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • आइतबार, माघ १४ २०८००९:२८
    दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । 

    बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ । 

    त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।


    प्रतिक्रिया दिनुहोस