शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ६ महिनामा ३ करोड ६९ लाख रुपैयाँको टाँक आयात


    हुलाक प्रेस

    • सोमबार, माघ १५ २०८००१:३५
    ६ महिनामा ३ करोड ६९ लाख रुपैयाँको टाँक आयात

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट ३ करोड ६९ लाख रुपैयाँको टाँक आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुसम्मको अवधिमा उक्त मूल्यको टाँक आयात भएको हो ।

    यस अवधिमा विदेशबाट १ लाख ५० हजार किलोग्रामभन्दा धेरै टाँक भित्रिएको छ । नेपालमा चारवटा ‘क्याटोगोरी’ मा टाँक आयात हुने गरेको छ । यसअनुसार सबैभन्दा धेरै चीनबाट आयात हुने गरेको तथ्यांकले देखाएको  छ ।

    चीनबाट यस अवधिमा ३ करोड ६२ लाख रुपैयाँ बराबरको टाँक आयात भएको छ । यसबाहेक, भारतबाट ९३ लाख रुपैयाँको टाँक आयात हुँदा अमेरिका, बेलायत लगायतका देशबाट समेत टाँक आउने गरेको छ ।

    यसबाहेक, जर्मनी र हङकङ लगायतका देशबाट समेत नेपालमा टाँक आउने गरेको छ ।


    प्रतिक्रिया दिनुहोस