बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केन्द्रीय विश्वविद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, माघ १५ २०८००१:४०
    केन्द्रीय विश्वविद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ ।  केन्द्रीय विश्वविद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

    काठमाडौँ बुढानीलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

    राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    प्रतिक्रिया दिनुहोस