बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलबाट थप २ सय नेपाली स्वदेश फर्कन इच्छुक


    हुलाक प्रेस

    • शुक्रबार, असोज २६ २०८००३:३६
    इजरायलबाट थप २ सय नेपाली स्वदेश फर्कन इच्छुक

    काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेकामध्ये थप २०० नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्ने क्रममा थप २०० नेपालीले आवेदन दिएका हुन्। 

    शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्याइएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किएका बाहेक थप २०० जनाले स्वदेश फर्किनका लागि आवेदन दिएको बताएको छ। 

    यस्तै, प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर मारिएका १० जना नेपालीको शव नेपाल पठाउने प्रक्रिया पनि सुरु भएको दूतावासले जनाएको छ। इजरायलले शव हस्तान्तरणका लागि प्रक्रियाहरु पूरा गर्नुपर्ने भनेपछि मारिएका नेपालीको शव नेपाल ल्याउन समय लाग्ने देखिएको थियो। 

    हमास समुहको आक्रमणबाट घाइते भएर उपचारमा रहेका ४ जनामध्ये २ दिन अघि डिस्चार्ज भएका १ जनालाई नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। अर्का १ जना डिस्चार्ज हुने क्रममा रहेको र २ जना उपचारत रहेको दूतावासले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस