बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुख काट्नेबारे महानगरबाट कुनै निर्णय भएको छैन: मेयर आचार्य


    हुलाक प्रेस

    • मंगलबार, माघ १६ २०८०११:४२
    रुख काट्नेबारे महानगरबाट कुनै निर्णय भएको छैन: मेयर आचार्य

    काठमाडौं । पोखरा महानगरपालिकामा वडाले चलाएको रुख काट्ने अभियानबारे मेयर धनराज आचार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

    मंगलबार विहान मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको जानकारी दिएका हुन् ।

    मेयर आचार्यले बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी पनि दिए । 

    'आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् ।

    उनले प्रकाशित सूचनाबारे  भ्रममा नपर्न पनि सबैमा अनुरोध गरेका छन् । 

    पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको भन्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका सबै रुख काट्न निर्देशन दिएका थिए । 


    प्रतिक्रिया दिनुहोस