बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बुधबारदेखि देशको धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसम विभागको आग्रह


    हुलाक प्रेस

    • मंगलबार, माघ १६ २०८००९:१०
    बुधबारदेखि देशको धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसम विभागको आग्रह

    काठमाडौं । पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार (माघ १७ गते) देखि बिहीबारसम्म देशका धेरै ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन–१’ जारी गर्दै बुधबार र बिहीबार व्यापक मात्रामा मौसम, बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई सुझाव दिएको हो।    

    ‘सो प्रणालीका कारण भोलि बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ’, विशेष बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’


    प्रतिक्रिया दिनुहोस