बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, माघ १७ २०८००२:३७
    सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना भएको छ । बा२च ४४५० नम्बरको जीप बुधबार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए ।

    दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमो छन् । 

    जीप चालक सिन्धुपाल्चोककै चन्द्र भण्डारी थिए । उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार जीप हेलम्बु गाँउपालिका–१, दोरिमबाट खारपाङ जाने क्रममा दुर्घटना भएको हो ।

    घाइते पाँचमध्ये तीनजनालाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको जनाइएको छ । 


    प्रतिक्रिया दिनुहोस