बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


    हुलाक प्रेस

    • शुक्रबार, माघ १९ २०८००७:४६
    नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (आज) बस्ने भएको छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।

    आगामी सोमबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

    संसद्‌मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा बैठकमा छलफल गरिने प्रमुख सचेतक लेखकले बताए ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस