काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।
उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन् ।