काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा समस्या देखिएको पाँच दिन भएको छ ।
यही माघ १७ गते टीयूइक्जामडटईडीयूडटएनपी वेबसाइट ‘ह्याक’ भएको थियो । आइतबार (माघ २१)सम्म वेबसाइट बनिसकेको छैन ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख दीपकबहादुर शाहीका अनुसार सोमबारसम्म बन्ने जानकारी दिए ।