बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुल्चोक स्क्वायर होटेलका अर्का सञ्चालक पक्राउ, पीडित परिवारको प्रदर्शन


    हुलाक प्रेस

    • मंगलबार, माघ २३ २०८००१:०६
    पुल्चोक स्क्वायर होटेलका अर्का सञ्चालक पक्राउ, पीडित परिवारको प्रदर्शन

    काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटेलका अर्का सञ्चालक रोमी अर्याललाई प्रहरीले थुनामा राखेको छ ।

    यही माघ ६ गते ललितपुर प्रहरीले होटेलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको थियो । उनी तीन दिन थुनामा रहिन् । ललितपुर जिल्ला अदालतले हाजिरी जमानीमा छोड्ने आदेश दिएसँगै उनी थुनामुक्त भएकी थिइन् ।

    अर्याल भने फरार थिइन् । उनी सोमबार (हिजो) साँझ आफैँ प्रहरी कार्यालयमा पुगेकी हुन् । अर्यालमाथि थप अनुसन्धान गर्न आज अदालतबाट म्याद थपका निम्ति प्रक्रिया अगाडि बढाइएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

    गएको भदौमा जावलाखेलका सजीलमान शाक्य होटेल स्क्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर बेहोस भएका थिए । त्यसपछि सजीलका परिवारले प्रहरीमा सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए ।

    उजुरीपछि होटेल सञ्चालक दुवैजना पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् । पीडित परिवारले कारबाहीको मागसहित आज जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । 


    प्रतिक्रिया दिनुहोस