बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुख निलम्बित, मृत्युदण्डको सजाय


    हुलाक प्रेस

    • मंगलबार, माघ २३ २०८००१:१०
    चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुख निलम्बित, मृत्युदण्डको सजाय

    एजेन्सी । वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित गरिनुका साथै मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

    चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्।

    यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन्।

    सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ। दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ।

    सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ। साथै उनलाई दशकौंसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ।

    भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए।

    डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशंकामा पक्राउ गरिएको थियो।

    जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैंकिङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशंकामा पक्राउ गरिएको थियो। यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो।


    प्रतिक्रिया दिनुहोस