बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, माघ २३ २०८००१:१४
    भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुग्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक् वर्षको ६ महिनामा खुद सेवा आय रु.३६ अर्ब ६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई रु.३९ अर्ब ५६ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२७ अर्ब ४० करोड रहेको थियो ।

    यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ८७ करोड पुगेको छ ।
    यसमध्ये शिक्षातर्पmको व्यय रु.५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३५ अर्ब ३६ करोड रहेको थियो । 


    प्रतिक्रिया दिनुहोस