बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    हुलाक प्रेस

    • बुधबार, माघ २४ २०८००८:०९
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । 

    आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । 

    बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ । 

    आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 


    प्रतिक्रिया दिनुहोस