काठमाडौं । जिल्ला अदालत काठमाडौंले भेपमा सुन तस्करीको आरोपमा पक्राउ परेका कृष्ण बहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी दीपक दाहालले बताए।
अब राहुल फैसला नभएसम्म थुनामै रहनेछन्। उनी जिल्लाको आदेश विरुद्धमा माथिल्लो अदालत जान सक्नेछन्।