काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ ।
प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो ।
त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ ।
पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएकाे पुस २३ गते दरखास्त आह्वान गरेको थियो ।
साे आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो । ४३ आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो ।
कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका हुन् ।