बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने


    हुलाक प्रेस

    • शुक्रबार, माघ २६ २०८००९:०६
    दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने

    काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ ।

    कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष दुवैलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।  

    तीन जना बच्चा जन्माएका कर्मचारीलाई २ लाख २५ हजार डलर नगद वा आवासको सुविधा रोज्ने विकल्प दिइने व्यवस्था कम्पनीले गरेको छ ।  

    यो कदमले कर्मचारीलाई बच्चा जन्माउन प्रेरित गर्ने र कम्पनीलाई देशको भविष्यप्रति चिन्तित कम्पनीका रुपमा परिचित गराउने कम्पनीले विश्वास लिएको जनाएको छ ।  

    ०.७८ जन्मदरका साथ सन् २०२२ मा दक्षिण कोरिया विश्वकै सबैभन्दा न्यून प्रजननदर भएको देश बनेको थियो । दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार यो दर सन् २०२५ सम्म ०.६५ मा  झर्ने प्रक्षेपण गरिएको छ ।  

    यो तथ्यांक दक्षिण कोरिया र पूर्वी एशियाली देशहरुका(जापान,चीन) लागि टाइम बमका रुपमा रहेको विज्ञहरुले बताएका छन् ।  दक्षिण कोरिया र पूर्वी एशियाली देशहरुले औद्योगिकरणमा गरेको प्रगतिपश्चात बढ्दो बुढ्यौली जनसंख्याको समस्या खेपिरहेका छन् ।  

    धेरैजसो युरोपेलि देशहरुले पनि यस्तै समस्याको सामना गरिरहेका छन् । तर प्रवासी कामदारहरुले उक्त अभावलाई कम गरिरहेका छन् ।  

    दक्षिण कोरियाली सरकार र अन्य कम्पनीहरुले पनि बच्चा जन्माउन प्रोत्साहन गर्न विभिन्न आर्थिक व्यवस्थाहरु गरेको छन् ।-एजेन्सी



    प्रतिक्रिया दिनुहोस