बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कपिलबस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००८:५०
    कपिलबस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । 

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
     
    दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान)आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । 

    अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।  


    प्रतिक्रिया दिनुहोस