बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ९५ लाख रुपैयाँ बराबरकाे विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट २ विदेशी पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००९:११
    ९५ लाख रुपैयाँ बराबरकाे विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट २ विदेशी पक्राउ

    काठमाडौं । करिब १ कराेड विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट २ विदेशी पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरू फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौं उत्रिएका थिए ।

    दुवैमाथि आगमन गेटमा शंका लागि चेकजाँच गर्दा डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) भेटिएकाे थियाे ।

    हाल उनीहरूलाई प्रहरी वृत्त, गौशालामा राखी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


    प्रतिक्रिया दिनुहोस