बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००३:०५
    सरकारले ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै

    काठमाडौँ । सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६०  हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो । 

    मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।   

    रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा छ । 

    यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस