बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानबाट गोली हानी हत्या


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८०१०:२०
    दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानबाट गोली हानी हत्या

    काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

    घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

    उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए ।

    उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ । श्रीमतीलाई गोली हानेर भागेका झाँक्रीलाई प्रहरीले साढे ८ बजे दाङको अर्जुन खोला नजिकबाट नियन्त्रणमा लिएको छ ।


    प्रतिक्रिया दिनुहोस