बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ४ २०८००८:५५
    बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

    चैनपुर । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 

    तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । 

    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन् । घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस