बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ४ २०८००९:२०
    रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ ।

    सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए । यद्यपि, उनले यो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् ।

    क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ । अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् । तथापि, यी सबै एक विशेष प्रकारको क्यान्सरमा सीमित छन् ।

    यसै गरी, अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा पुटिनले भने कि उनी डोनाल्ड ट्रम्पको सट्टा जो बाइडेनलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहेको पनि बताएका छन् । उनले रुसको दृष्टिकोणबाट बाइडेन सत्तामा हुनु फाइदाजनक रहेको बताए ।

     


    प्रतिक्रिया दिनुहोस