बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारी घटनाको प्रतिवेदन हात लागेपछि दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री


    हुलाक प्रेस

    • आइतबार, फागुन ६ २०८००१:१०
    बालकुमारी घटनाको प्रतिवेदन हात लागेपछि दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना युवाको ज्यान जानेगरी गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुने बताएका छन्। 

    प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन्। 

    उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले हेर्न नपाएको बताउँदै आजै हेरेर थप कारबाही गरिने बताए। 

    आजैको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए।

    जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले उक्त घटना भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा शुक्रबार बुझाइसकेको छ। 

    ‘जाँचबुझ आयोग प्रतिपक्षीले त बनाएको होइन। मेरै प्रस्तावमा बनाएको हो। जसले प्रतिवेदन ल्याएको छ। प्रतिवेदन गृहमन्त्रालयमा आइसकेको छ, मेरो हात लागिसकेको छैन। मैले त्यसपछि अध्ययन गर्छु,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो प्रतिवेदन हेरेको छैन,आजै हात लाग्दैछ। क्याबिनेट पनि छ। आयोगको प्रतिवेदन हेरेपछि आजै दोषीलाई थप कारबाही गरिन्छ।’

    दुईजना युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई सरकारले गम्भीररु रुपमा लिएको पनि उनले दाबी गरे।


    प्रतिक्रिया दिनुहोस