बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस महासमिति बैठकः आज विभिन्न प्रतिवेदन पेश गरिने


    हुलाक प्रेस

    • मंगलबार, फागुन ८ २०८००७:४२
    कांग्रेस महासमिति बैठकः आज विभिन्न प्रतिवेदन पेश गरिने

    काठमाडौँ ।  नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। 

    बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।

    यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ । विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ । 

     


    प्रतिक्रिया दिनुहोस