बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल


    हुलाक प्रेस

    • बुधबार, फागुन ९ २०८००८:२६
    एमाले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल

    काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बुधबारबाट समूहगत छलफल हुँदैछ। बैठक पार्टी मुख्यालय च्यासलमा चलिरहेको छ।

    बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले छलफलका लागि ९ वटा समूह बनाइएको जानकारी समेत दिए।

    बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन्। बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।


    प्रतिक्रिया दिनुहोस