बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ११ २०८००५:५०
    अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता

    काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

    अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । 

    ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौं । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौं ।’


    प्रतिक्रिया दिनुहोस