बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेन्डमा कति कमाउँछन् ?


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ११ २०८००६:२५
    विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेन्डमा कति कमाउँछन् ?

    काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति बनार्ड आर्नल्डको प्रतिसेकेण्ड कमाई कति होला ? लुई भुईटन(एलभीएमएच)का अध्यक्ष तथा सीईओ बनार्ड हाल २२८.३ अर्ब डलर कुल नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यक्ति छन् ।  

    बर्नाडको मुख्य आम्दानीको स्रोत भनेको एलभीएमएचमा उनको स्वामित्व नै हो । यो कम्पनीको बनार्ड र उनको परिवारको ६.७४४ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२३ मा कम्पनीले २२.८ अर्ब युरोबराबरको कुल आम्दानी गरेको थियो ।  

    यो कुल आम्दानीमा बर्नाड र उनको परिवारको हिस्सा १.५३७ अर्ब युरो हुन आउँछ । रिपोर्टका अनुसार बर्नाडले प्रतिसेकेण्ड ४८.७४ युरो कमाउँछन् ।  

    यस्तै उनको प्रतिमिनेट आम्दानी २९२४.४२ युरो,प्रतिघण्टा कमाई १ लाख ७५ हजार ४६५.२० युरो,प्रतिदिन कमाइ ४२ लाख ११ हजार ०८६.४० युरो र प्रतिसाता कमाई २ करोड ९४ लाख ७७ हजार ६०५.६० युरो छ ।  

    यो आँकडा मस्कले सन् २०२३ मा उनले आर्जन गरेको आम्दानीलाई आधार मानेर गरिएको हो ।  २२८.३ अर्ब डलरका साथ बर्नाड धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा एलन मस्क छन् । एलन मस्कको कुल सम्पत्ति २०७.५ अर्ब डलर छ । तेस्रो स्थानमा रहेका जेफ बेजोसको कुल सम्पत्ति १९५.६ अर्ब डलर छ ।  -एजेन्सी


    प्रतिक्रिया दिनुहोस