शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चोरी गरेको बच्चा प्रहरीले बाबुआमाको जिम्मा लगायो, विवाह गरेको लामो समय भएपनि बच्चा नभएपछि मनिषाले चोरेकी थिइन बच्चा


    हुलाक प्रेस

    • शनिबार, फागुन १२ २०८००८:५३
    चोरी गरेको बच्चा प्रहरीले बाबुआमाको जिम्मा लगायो, विवाह गरेको लामो समय भएपनि बच्चा नभएपछि मनिषाले चोरेकी थिइन बच्चा

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा सिंहले बच्चा चोरी गरेकी थिइन् । 

    आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ । 

     प्रहरीले शिशुको उद्धार गरेर आमाबुवालाई जिम्मा लगाइसकेको छ ।  काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफूलाई सूचना आएको आठ घण्टापछि काँडाघारीबाट बच्चाको उद्धार गरेको हो । 

    २४/२५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । बच्चा चोरी गर्ने मनिषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

    “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,” एक प्रहरी अधिकारीले  भने, “उनको श्रीमान् नेपाली सेनामा कार्यारत रहेको र उनलाई पनि भ्रममा राखेर आफूले बाटोमा सुत्केरी भएर बच्चा लिएर फर्किएको बताएकी रहिछन् ।” 


    प्रतिक्रिया दिनुहोस