काठमाडौं । चेल्सीलाई हराउँदै लिभरपुलले इएफएल (काराबाओ) कपको उपाधि हात पारेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डाइकले एक गोल गरे। खेलको ३० मिनेटको अतिरिक्त समयमा उनले गरेको गोल नै खेलको निर्णायक बन्यो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।
लिभरपुल इएफएल कप सबैभन्दा बढी १० पटक जित्ने क्लब समेत बनेको छ । इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक जितेका छन् ।