बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फ्रिबर्गसँग बराबरीमा रोकियो बायर्न


    हुलाक प्रेस

    • शनिबार, फागुन १९ २०८००९:१७
    फ्रिबर्गसँग बराबरीमा रोकियो बायर्न

    एजेन्सी । साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगाको उपाधि होडमा पछि परेको छ । फ्रिबर्गविरुद्ध बराबरीमा रोकिएपछि टोली शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा १० अङ्कले पछि पर्ने खतरा बढेको हो ।

    शुक्रबार राति भएको खेलमा बायर्न २–२ को बराबरी खेल्न बाध्य बन्यो । खेलको १२ औँ मिनेटमा क्रिस्टियन गनटरले फ्रिबर्गलाई अग्रता दिलाएका थिए । तर, माथ्यस टेलले ३५ औँ मिनेटमा खेल बराबरी गरे । 

    दोस्रो हाफको ७५ औँ मिनेटमा जमाल मुसियालाले बायर्नलाई अग्रता दिलाए पनि खेल सकिन तीन मिनेट बाँकी छँदा लुकास होलरले गोल गर्दै बायर्नलाई जीतबाट वञ्चित गरे । खेलमा इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनले गोलका थुप्रै अवसर गुमाएका थिए ।

    २४ खेलपछि बायर्नको ५४ अङ्क रहेको छ । एक खेल कम खेलेको लेभरक्युजनको ६१ अङ्क छ । लेभरक्युजनसँग आफ्नो अग्रता थप फराकिलो बनाउने अवसर रहेको छ ।


    प्रतिक्रिया दिनुहोस