शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिषा सेटिङ प्रकरण

    अध्यागमनका फरार ६ अधिकृत अदालत पुगेर धरौटीमा छुटे


    हुलाक प्रेस

    • आइतबार, फागुन २० २०८००८:३८
    अध्यागमनका फरार ६ अधिकृत अदालत पुगेर धरौटीमा छुटे

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा मुद्दा चलाइएका ६ जना अध्यागमन अधिकृत धरौटी बुझाएर रिहा भएका छन्। 

    जिल्ला अदालत काठमाडौंले माघ २३ गते थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको मुद्दाका फरार अधिकृतमध्ये ६ जना जनही ७ लाख रुपैयाँ धरौटी बुझाउँदै रिहा भएका हुन्।

    यो प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो थिए। जसमध्ये ६ जनाले फागुन ९ देखि १६ सम्म एक एकजना गर्दै अदालतमा धरौटी बुझाएर रिहा भएका हुन्। 

    फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। पक्राउपुर्जी जारी भए पनि किरियामा बसेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन। तर किरिया सकेर भागेका उनी अदालतमा उपस्थित भएका छैनन्।

    यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग पनि अदालतले धरौटी माग गरिएको थियो।


    प्रतिक्रिया दिनुहोस