बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुबईमा १२ करोड यात्रु क्षमतासम्मको विश्वकै सबैभन्दा ठूलो एयरपोर्ट बन्दै


    हुलाक प्रेस

    • आइतबार, फागुन २० २०८००८:४८
    दुबईमा १२ करोड यात्रु क्षमतासम्मको विश्वकै सबैभन्दा ठूलो एयरपोर्ट बन्दै

    काठमाडौं । संयुक्त अरब इमिरेट्सल अब अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बनाउने भएको छ । यसलाई दुबई वर्ल्ड सेन्ट्रल (डिडब्लुसी) पनि भनिन्छ । युएईले यो परियोजनाको मेगा प्लान सार्वजनिक गरेको छ । यो विमानस्थल सन् २०१३ मा सुरु भएको थियो ।

    सीएनएन रिपोर्टका अनुसार सरकारी एजेन्सीहरूले नयाँ प्रविधि प्रयोग गर्ने र यसको क्षमता बढाउन विमानस्थललाई पुनः डिजाइन गर्ने लक्ष्य राखेका छन् । यसमा हरेक वर्ष १० करोड यात्रुको क्षमता छ । अधिकारीहरू अब यसको क्षमता दुई करोड वृद्धि गर्दै १२ करोड यात्रुमा पुर्याउन चाहन्छन् ।

    दुबई एयरपोर्ट्सका सीईओ पल ग्रिफिथले ग्राहक सुविधाका लागि यसमा लगानी बढाउन चाहेको खुलासा गरे । उनले सन् २०२४ मा यात्रु संख्या ८.८२ करोड र २०२५ सम्ममा ९.३८ करोड पुग्ने अनुमान गरिएको बताए । उनले विमानस्थलको विकासबारे यकिन समय भने दिएका छैनन् । तर २०२३ मा ग्रिफिथले एएफपीलाई भने कि जब क्षमता पुग्छ हामीलाई नयाँ एयरपोर्ट चाहिन्छ, यो २०३० मा हुन सक्छ ।


    प्रतिक्रिया दिनुहोस