बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक


    हुलाक प्रेस

    • सोमबार, फागुन २१ २०८००१:४५
    देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बुढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    सत्ता राजनीतिमा आएको फेरबदलसँगै उनले छलफल गर्न बैठक बोलाएका हुन् । यसअघि सोमबार पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकपछि सभापति देउवाले कार्यसम्पादन बोठक बोलाएका हुन् ।  

    पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी गराए । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि हाल ३७ जना मात्र छन् ।


    प्रतिक्रिया दिनुहोस