काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन् ।
यी तीनजनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् ।