शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • निजामती सेवा प्रवेशः पुरुषका लागि ३२, महिलालाई ३७ वर्ष प्रस्ताव


    हुलाक प्रेस

    • मंगलबार, फागुन २२ २०८००७:२५
    निजामती सेवा प्रवेशः पुरुषका लागि ३२, महिलालाई ३७ वर्ष प्रस्ताव

    काठमाडौं । सरकारले निजामती सेवामा प्रवेश गर्ने उमेर घटाउने प्रस्ताव गरेको छ ।

    सोमबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा पुरुषका लागि सेवा प्रवेशको अधिकतम उमेर ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको हो ।

    अहिले प्रचलित कानुनमा व्यवस्थाअनुसार पुरुष ३५ वर्ष र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन् ।

    विधेयकमा निजामती सेवामा रहने उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। अहिले ५८ वर्ष रहेकोमा दुई बढी बढाउने प्रस्ताव गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस