काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ ।
“अझै केही हराइरहेको आशंका छ । खोजी कार्य जारी राखेका छौँ,” जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुन्तुलाल जैसवालले भने, “गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ ।
धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।