बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य लगातार बढ्दै, आज पनि प्रति औंस २२ डलरले बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , फागुन २४ २०८००८:५९
    सुनको मूल्य लगातार बढ्दै, आज पनि प्रति औंस २२ डलरले बढ्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात प्रतिऔंस २२.६३ डलरले बढेको छ । 

    यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १५१.०१ डलर कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि १.५७ प्रतिशत अर्थात ०.३७ डलरले बढेर प्रतिऔंस २४.०९ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस